१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन



अ+ अ-

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले धगनढीको सेती प्रादेशिक अस्पतालको आज अनुगमन गर्नुभएको छ ।

त्यस क्रममा उहाँले अस्पतालमा उपचार सेवाका लागि आउँने नागरिकले सहज र सम्मानजनक रूपमा स्वास्थ्य सेवा पाउने वातावरण निर्माणमा जोड दिनुभयो ।

अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउन कर्मचारी तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै मुख्यमन्त्री भट्टले अस्पतालको सेवा प्रवाहमा कुनै पनि समस्या हुन नदिइ आफ्नो कार्यसम्पादन प्रति गम्भीर र जवाफदेही बन्न कर्मचारीलाई सुझाव दिनुभयो ।

त्यस अवसरमा उहाँले अस्पतालको सेवा प्रवाह, बिरामीले प्राप्त गरिरहेको सुविधा लगायतबारे जानकारी लिनुभयो । रासस




भर्खरै