१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग



अ+ अ-

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिप्रभ्य समूहअन्तर्गतका सिप्रदी ट्रेडिङ र भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उद्धार तथा राहत, स्वास्थ्य उपचार र बाढीका कारण क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापना लगायतका कार्यमा उपयोग हुने अपेक्षा गरिएको छ।

यसैबीच, समूहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको संस्था ‘सिप्रदियन सहायता संस्था’ मार्फत प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत तथा सहयोग कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ।

संस्थाका प्रतिनिधिहरू प्रभावित समुदायमा पुगेर स्थानीय आवश्यकताको पहिचान गर्दै अत्यावश्यक राहत सामग्री, खाद्यान्न तथा आधारभूत आवश्यकताका सामग्री वितरण गरिरहेका छन्। प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई प्राथमिकतामा राख्दै स्थानीयस्तरमै समन्वय गरी आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारसँग ऐक्यबद्ध भएर उभिँदै उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्ने प्रतिबद्धता सिप्रभ्य समूहले व्यक्त गरेको छ।

समूहले आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र परिस्थितिअनुसार **राहत तथा पुनर्स्थापना कार्यमा निरन्तर सहकार्य गर्ने जनाएको छ।