१५ भाद्र २०८३, सोमबार
,
Latest
पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाले खोज तथा उद्धार प्रयासलाई तीव्र बनाएको छ।

आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको काम गरिरहेको हो।

भदौ १४ गतेदेखि सुरु भएको उद्धार प्रयासलाई निरन्तरता दिँदै सोमबार बिहान नेपाली सेनाको भैरवनाथ गणबाट थप १६ जना सुरक्षाकर्मी उद्धार कार्यमा परिचालन भएका छन्। थप जनशक्ति परिचालन भएसँगै सुरुङ क्षेत्रमा खन्ने तथा सम्भावित स्थानमा खोजी गर्ने काम भइरहेको छ।

यसअघि भदौ १३ गते नेपाल सरकारको अनुमतिमा चिनियाँ उद्धार टोली निजी हेलिकोप्टरसहित नुवाकोटको त्रिशूली पुगेको थियो। नेपाली सेनासँग समन्वय गरी उक्त टोलीले माथिल्लो त्रिशूली–३ बीको सुरुङ क्षेत्रको रेकी गरेको थियो।
चिनियाँ उद्धार टोलीले सोही दिन रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको समेत रेकी गरेको थियो। दुवै आयोजनाको स्थलगत अवस्थाबारे जानकारी लिएपछि टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो।

भदौ १४ गते चिनियाँ उद्धार टोली माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो भने नुवाकोटको माथिल्लो त्रिशूली–३ बीमा नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास थालेको थियो।

बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि सुरुङभित्र मानिसहरू फसेको हुनसक्ने आशंकामा सुरक्षा निकायले खोजीलाई प्राथमिकता दिएको छ। हालसम्म सुरुङभित्रको अवस्थाबारे यकिन विवरण प्राप्त हुन सकेको छैन।