१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी



अ+ अ-

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ३३० जनाको उद्धार गरेको छ।

नेपाली सेनाका अनुसार २०८३ भदौ १५ गते दिउँसो १ः३० बजेसम्म सेनाका हेलिकप्टरमार्फत प्रभावित क्षेत्रबाट ३३० जनाको उद्धार गरिएको हो।

बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङहरूमा समेत खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ। त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा करिब १५ मिटर भित्रसम्म पुगेर खोजी तथा उद्धारको काम भइरहेको छ। त्यस्तै, त्रिशूली हाइड्रोको ३बी टनेलमा विज्ञ फौजसहितको टोलीले खोज तथा उद्धार गरिरहेको छ।

रसुवागढी जलविद्युत् आयोजनाको टनेलमा समेत संयुक्त टोलीले खोजी गरेको छ। टोली करिब २५० मिटरसम्म सुरुङभित्र पुगे पनि मानिस फेला नपरेपछि फर्किएको नेपाली सेनाले जनाएको छ।

बाढी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका करिब ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। सेनाका जवानहरू खोला, डाँडा तथा स्थानीयका घरघरमा पुगेर खोज तथा उद्धार कार्यमा जुटिरहेका छन्।

सेनाले प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गर्दै खोज, उद्धार तथा आवश्यक व्यवस्थापनका कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।