१४ भाद्र २०८३, आईतवार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै



अ+ अ-

नुवाकोट । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले आवश्यक उपकरण आयोजनास्थलतर्फ पठाएको छ।

उद्धार कार्यलाई सहज बनाउन नेपाली सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्‍याएर खण्ड–खण्डमा छुट्याएको छ। त्यसपछि ती उपकरणलाई हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने काम भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र परिचालन भइरहेको छ। गएराति आयोजनास्थलमा भीषण बाढी आए पनि उद्धार प्रयास भने निरन्तर जारी राखिएको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार अहिले सुरुङको प्रवेशद्वार खोल्ने काम भइरहेको छ। करिब एक घण्टाभित्र सुरुङको प्रवेशद्वार खोल्ने ‘ब्रेक थ्रु’को काम सम्पन्न हुने अपेक्षा गरिएको छ। प्रवेशद्वार खुलेपछि मात्रै सुरुङभित्र फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य अघि बढाइनेछ।