१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा



अ+ अ-

काठमाडौँ । शनिवार काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका ८० जनालाई उद्धार गरेर स्थल मार्गबाट काठमाडौँ ल्याएको छ । सेवा सुरु गरिएको पहिलो दिन शुक्रवार १९ जना र दोस्रो दिन २९ जनालाई र आज पहिलो सिफ्टमा ३२ जनालाई ल्याइएको हो ।

यात्रुहरुलाई स्थल मार्गबाट उद्धार गर्न भदौ १२ गते एउटा सवारी साधन प्रयोग गरिएको थियो । शनिवार अर्को थप गरेर २ वटाबाट निःशुल्क यातायात सुरु गरेको हो । यसरी सञ्चालनमा ल्याइएका सवारी साधनमध्ये ००६ ख ९३३९ नम्बरको १९ सिट क्षमताको हायास छ । ०३० च ७३६४ नम्बरको इभीमा १० जना यात्रु अट्टाउँछन् ।

यात्रुहरुको अत्याधिक मागका कारण आजबाट बा. प्र. ०१ ००६ ख ९१५२ नम्बरको १९ सिटे एउटा हायास थपिएको छ । यसरी थपिएको गाडी नुवाकोट पुगेको छ । दुईवटा काठमाडौँबाट दोस्रो सिफ्टका लागि नुवाकोट जाँदैछन् ।

निःशुल्क सञ्चालन गरिएका सवारी साधन चिन्नका लागि सवारी साधनको अगाडि र पछाडि व्यानर राखिएको छ । यस्तै दुवै सवारी साधनमा नगर प्रहरी राखिएको छ । यसरी सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाडीको संख्या बढाउने महानगरपालिकाको योजना छ ।

यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौँ महानगरपालिकासम्मका लागि हो । कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा कार्य थलो भएर विपद पछि अलपत्र परेका काठमाडौँ आउन चाहने व्यक्ति र प्रभावित क्षेत्रमा आफन्त खोजी गर्न काठमाडौँबाट त्यस क्षेत्रमा जानुपर्ने व्यक्ति लक्षित वर्ग मानेर यो सेवा थालिएको हो ।

यी सवारी साधनले दिनमा २ पटक यात्रु ओसार्नेछन् ।