१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै



अ+ अ-

काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ।

अष्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहायता उपलब्ध गराउने जनाएको हो।

अष्ट्रेलियाली सरकारका अनुसार बाढीका क्रममा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको छ। उनीहरूको अवस्था यकिन गर्न तथा आवश्यक सहयोग उपलब्ध गराउन अष्ट्रेलियाली अधिकारीहरू सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रभावित अष्ट्रेलियाली नागरिकको सहयोगका लागि अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागले थप कर्मचारी परिचालन गरेको छ। नेपालस्थित अष्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिकार्य टोलीका एक सदस्य र क्षेत्रीय कन्सुलर अधिकारीलाई काठमाडौंमा परिचालन गरिएको छ।

अष्ट्रेलियाले आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञसहितको प्रारम्भिक टोली नेपाल पठाउने जनाएको छ। उक्त टोलीले काठमाडौंमा रहेका अष्ट्रेलियाली अधिकारीसँग समन्वय गरी मानवीय अवस्थाको मूल्यांकन, व्यवस्थापन, सञ्चार तथा राहत योजनामा सहयोग गर्नेछ।

अष्ट्रेलियाले आवश्यकताअनुसार थप क्षेत्रीय तथा संकट प्रतिकार्य टोलीका कर्मचारीसमेत परिचालन गर्ने तयारी गरेको जनाएको छ।