१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार



अ+ अ-

काठमाडौं । भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याएकामध्ये ५९ जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौँका अनुसार बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोटलगायत जिल्लाका ८८ जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याएको थियो । केन्द्रका अनुसार तीमध्ये २९ जनाको काठमाडौँको विभिन्न अस्पतालमा उपचारपश्चात् ‘डिस्चार्ज’ भएर फर्किएका छन् ।

शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ भने सो अस्पतालबाट उपचार गरेर ११ जना डिस्चार्ज भएका छन् । त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका ३१ जनामध्ये १२ जना उपचारपश्चात् डिस्चार्ज भएका छन् । वीरअस्पतालमा छ जना उपचारका लागि भर्ना भएकामा पाँच जना उपचारपछि डिस्चार्ज भएका छन् ।

त्यस्तै, मनमोहन हस्पिटलमा दुई जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको छ । नर्भिक अस्पतालमा दुई जना घाइतेको उपचार भइरहेको छ । मनमैजु शुभम् अस्पताल र नेपाल मेडिकल कलेजमा एक÷एक जनाको उपचार भइरहेको छ ।