११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन



अ+ अ-

काठमाडौं । भोटेकोशीको बाढीमा परी रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भएका छन् । सुनिल स्मृति गाउँपालिकाका १० र रुन्टिगढी गाउँपालिकाका ६ गरी १६ व्यक्ति सम्पर्कबिहीन भएका हुन् ।

सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले वडा नं ६ का पाँच जना क्रमशः राजेन्द्र महत, बसन्त महरा, सञ्जय महत, कुमार महरा, रविलाल भण्डारी, यसैगरी, वडा नं ५ का चार जना हरिबहादुर घर्तीमगर, आर्यन घर्ती, सोम बहादुर घर्ती, अनराम पुन र वडा नं ३ का बहादुर पुन भएको जानकारी दिनुभयो ।

यसैगरी, रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले वडा नं ८ का छ जना व्यक्ति क्रमशः गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार, विकास परियार र ध्रुवबहादुर बुढामगर रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाले सूचना प्रकाशित गर्दै जिल्लाका गाउँबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा काम गर्न गएको र सम्पर्कबिहीन भएका छन् भने उक्त व्यक्तिको विवरण तत्काल जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा टिपाउन वा खबर गर्न जानकारी गराएको छ ।