११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दल, मधेस प्रदेशका सम्पूर्ण प्रदेशसभा सदस्यले एक दिनको तलब राहत सहयोगस्वरूप प्रदान गर्ने भएका छन् ।

दलले आज प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीका कारण पीडितलाई राहत स्वरुप उक्त आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

संसदीय दलका नेता सरोजकुमार यादवबाट जारी विज्ञप्तिमा प्राकृतिक विपद्को समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै एक दिनको तलब राहत सहयोगस्वरूप प्रदान गर्ने निर्णय गरिएको उल्लेख छ ।