११ भाद्र २०८३, बिहीबार
,
Latest
नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि साउदी अरब सरकारसँग सहयोगको अपिल गर्नुभएको छ।

मन्त्री यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच भएको शिष्टाचार भेटवार्ताका क्रममा उहाँले रसुवामा बाढीले पुर्‍याएको ठूलो क्षतिबारे ध्यानाकर्षण गराउँदै तत्काल उद्धार, राहत तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको हो।

भेटमा मन्त्री यादवले विक्रम संवत् २०७२ को विनाशकारी भूकम्पपछिकै ठूलो विपद्का रूपमा पछिल्लो बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको जानकारी दिनुभयो। बाढीका कारण सयौँ मानिसले ज्यान गुमाएको र ठूलो भौतिक क्षति भएको उल्लेख गर्दै उहाँले विपद्को यस कठिन घडीमा पीडितको उद्धार तथा राहतका लागि मानवीय सहयोग गर्न साउदी सरकारसमक्ष आग्रह गर्नुभयो।

उहाँले प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि समेत अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो।

भेटवार्तामा नेपाल र साउदी अरबबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध तथा आर्थिक सहकार्यका विविध विषयमा समेत छलफल भएको थियो।