११ भाद्र २०८३, बिहीबार
,
Latest
कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि एक हजार ५०० बढी सशस्त्र प्रहरी परिचालन भएका छन् ।

उक्त क्षेत्रमा विपद् प्रतिकार्य वेस स्थापना गरी खोज तथा उद्धारका लागि भत्केका संरचनामा खोज तथा उद्धार गर्ने दक्ष टोली र गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

टोलीले विभिन्न संरचना तथा जलविद्युत् परियोजनालगायत प्रभावित स्थानहरुमा सम्पर्कविहीन भएकाको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै आइरहेको छ । सशस्त्र प्रहरीबाट तालिम प्राप्त कुकुर र छ वटा ड्रोन समेत परिचालन गरिएको छ ।

परिचालित सो टोलीले लोकेट गरिएको १२ स्थानबाट ९८ वटा शव, ३० जना घाइते तथा ७३ जनाको समेत सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बाढीमा घाइते भएकाका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन सशस्त्र प्रहरीको चिकित्सकसहितको टोलीले नुवाकोटमा स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य सेवाको कार्य सञ्चालन गरेको छ ।

बाढीमा परेकाहरुको तत्काल उपचारका लागि नेपाल एपिएफ अस्पतालमा १०० वटा वेडहरु समेत खाली राखिएको छ । त्यस्तै सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १०० वटा वेड क्षमतासहितको कन्टेनर बाढी प्रभावित क्षेत्रहरुमा तत्काल पु¥याउने कार्य समेत भइरहेको छ । साथै अन्य क्षेत्रमा रहेका कन्टेनरसमेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ ।