१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध



अ+ अ-

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित जिल्लामा खोज तथा उद्धार कार्यमा सहयोग गर्न हेलिकोप्टर तथा ड्रोनसँग सम्बन्धित संघ–संस्थालाई विशेष अनुरोध गरेको छ।

प्राधिकरणका अनुसार बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्ला प्रभावित भएका छन्। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ–संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्न आग्रह गरिएको हो।

त्यस्तै, उद्धारको पर्खाइमा रहेका व्यक्तिहरूलाई आफू रहेको वा बसेको स्थानमा आगो बाली धुँवा निकालेर उद्धार टोलीलाई संकेत गर्न प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले प्रभावित जिल्लाका लागि आपत्कालीन सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ। हेलिकोप्टरमार्फत उद्धार आवश्यक परे सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव शान्ति महतद्वारा जारी विशेष अनुरोधमा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ।




भर्खरै