१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी



अ+ अ-

काठमाडौं ।  रसुवामा आएको आकस्मिक बाढीपछि रसुवा भन्सार कार्यालयका १४ जना कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। कार्यालयका अनुसार बाढीपछि कर्मचारीहरूको अवस्था बुझ्ने तथा खोजी र उद्धारको काम जारी रहेको छ।

रसुवा भन्सार कार्यालयमा ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका छन् ।

त्यस्तै, कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना सम्पर्कमा आएका छन्। बाँकी ३ जना करार तथा ज्यालादारी कर्मचारीको अवस्था पनि यकिन हुन सकेको छैन।

हालसम्म ११ जना स्थायी कर्मचारी र ३ जना करार तथा ज्यालादारी कर्मचारी गरी १४ जनाको खोजी भइरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ।

बाढीका कारण कार्यालय क्षेत्र तथा आसपासमा भएको क्षतिको विवरण संकलनसँगै कर्मचारीहरूको खोजी, उद्धार र सम्बन्धित निकायसँग समन्वयको काम भइरहेको छ।