१० भाद्र २०८३, बुधबार
,
Latest
उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको विशेष अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता



अ+ अ-

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट उत्पन्न विपद्का बीच विपक्षी दलले सरकारको उद्धार तथा राहत अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार बोलाउनुभएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा बोल्दै प्रतिनिधिसभाका विपक्षी दलका नेता भिष्मराज आङ्दाम्वेले संकटको समयमा सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

नेता आङ्दाम्वेले सरकारले विपद्पछि तत्कालै सक्रियता देखाएकोमा धन्यवाद दिँदै विपद्को समयमा पक्ष–विपक्षभन्दा माथि उठेर सबै एकजुट भएर उद्धार, राहत तथा पुनःस्थापनामा जुट्नुपर्ने बताउनुभयो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा भोटेकोशी नदीमा आएको बाढीबाट अहिलेसम्म भएको जनधनको क्षतिबारे सम्बन्धित निकायले बैठकलाई जानकारी गराएका थिए।

बैठकमा प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्दै सबै सरोकारवाला निकायलाई सक्रियतापूर्वक परिचालन हुन निर्देशन दिनुभएको थियो।