१० भाद्र २०८३, बुधबार
,
Latest
उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको विशेष अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले बाढीबाट भएको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताउँदै विपद्को यस घडीमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकायलगायत सम्पूर्ण सम्बन्धित निकाय र आम नागरिकलाई आह्वान गर्नुभएको छ।

उहाँले बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन आग्रह गर्नुभएको छ। साथै, आवश्यक समन्वय र सहयोगमार्फत विपद् प्रभावितको उद्धार तथा राहतमा जुट्न पनि उहाँले सबैमा अपिल गर्नुभएको छ।

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ। बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै आएका छन्।