९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००



अ+ अ-

काठमाडौं । अप्रिलियाको नयाँ एसआर १७५ सीसीको स्कुटर नेपालमा सार्वजनिक भएको छ ।

नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा अप्रिलियाको पावरफुल स्कुटर एसआर १७५ बिक्री सुरू गरेको हो ।

कम्पनीले नयाँ १७५ एसआरको मूल्य ४ लाख ५६ हजार ५०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । नाडा अटो शोमा अप्रिलिया खरिद गर्ने ग्राहकलाई २८ हजार रुपैयाँ बराबरको छुट दिने कम्पनीले जनाएको छ ।

एसआर १७५ लाई अप्रिलिया इण्डियाले एसआर १६० को रिप्लेसको रूपमा भारतीय बजारमा उपलब्ध गराएको थियो । सोही मोडल नेपालमा उपलब्ध भएको हो ।

नयाँ एसआरमा प्रयोग गरिएको चेसिस फ्रेम र अन्य केही कम्पोनेन्टहरू एसआर १६० मै भएका पाउन सकिन्छ । यसको डिजाइनमा पनि कुनै परिवर्तन गरिएको छैन । अप्रिलिया रेसिङ ग्राफिक्स डिजाइनका लागि निकै चर्चित ब्राण्ड हो ।

एसआर १७५ मा आकर्षक भाइब दिने नयाँ डेकल्स, एग्रेसिभ रेसिङ स्पोर्ट कलर लाइन, नयाँ कलर अप्सन, टेक्निकल पार्टसहरू र ककपिट लेभल भने नयाँ पाउन सकिन्छ ।

यसमा १७४.७ सीसीको सिंगल सिलिण्डर, बीएस ६ इन्जिन छ । यो इन्जिनले अधिकतम ७ हजार २०० आरपीएममा १३.८ ब्रेकहर्स पावर र ६००० आरपीएममा १४.१४ एनएम पिक टर्क जेनेरेट गर्छ ।

कम्पनीले एसआर १७५ स्कुटरमा आफ्नो अप्रिलिया रेसिङ डीएनए डिजाइनलाई यथावत राख्दै यसमा अप्रिलियाको टुनो ४५७ मोटरसाइकलमा रहेको ५.५ इन्चको नयाँ कलरफुल टीएफटी डिस्प्ले दिएको छ ।

यसका साथै, सकुटरमा सीभीटी सिस्टम, अप्रिलिया एप सहितको ब्लूटुथ कनेक्टिभिटी सिस्टम, पूरा एलईडी लाइट सेटअप, १४ इन्चको अलोय ह्वील, ट्युबलेस टायर, डिस्कब्रेक, सिंगल च्यानल एबीएस र सस्पेन्सन सेटअपमा अगाडि टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक सेटअप पाउन सकिन्छ ।