९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामाथि नेपालको जित



अ+ अ-

काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियालमाथि जित निकालेको छ ।

मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि नौ विकेटको जित निकालेको हो । जितको लागि मलेसियाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाललले जवाफी गर्दा गर्दै गर्दै वर्षा भएको थियो । त्यसपछि निर्धारित ५० ओभरको खेललाई छोट्टाएर ४८ ओभरमा झारिएयो ।

त्यससँगै नेपालले ४८ ओभरमा २२८ रनको नयाँ लक्ष्य प्राप्त गर्‍यो । उक्त लक्ष्य नेपालले २८ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक १६१ रनको योगदान दिए । उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गर्दै १६१ रन बनाएका हुन् । त्यस्तै अर्जुन कुमाल ६१ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको थियो । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए । त्यसैगरी सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९ रनको योगदान दिए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए । यही भदौ १४ गतेदेखि मलेसियामा नै आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारी स्वरुप नेपालले उक्त अभ्यास खेल खेलेको हो ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसियासँगै हङकङ, बहराइन र साउदी अरेबिया रहेका छन् । त्यस्तै समूह ‘बी’ मा भने संयुक्त अबर इमिरेट्स (युएई), ओमान, कुवेत, कतार र सिङ्गापुर रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।