९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट



अ+ अ-

काठमाडौं । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव ५३ प्रतिशत मुद्दा फछ्यौट गरेको छ ।

जुम्ला इजलासका मुख्य न्यायाधीश वसन्तराज पौडेलले गत आर्थिक वर्ष २०८२–८३ मा दर्ता भएकामध्ये ९५ दशमलव ५३ प्रतिशत मुद्दा फछ्यौट गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, नयाँ दर्ता भएका ३२१ र अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका १५ सहित ३२१ वटा मुद्दा फछ्यौट भएको छ । उक्त अवधिमा दर्ता भएका १५ वटा मुद्दा भने फैसला हुन बाँकी रहेको जानकारी दिइएको छ ।

त्यसअवधिमा थुनुवासम्बन्धी मुद्दा ११६ परेकामा ११५ वटा फछ्यौट भएको छ । उक्त अदालतले पुराना मुद्दालाई शून्यमा झार्ने लक्ष्य राखेको छ । चार जना न्यायाधीशको दरबन्दी रहेको उक्त अदालतमा हाल तीन जना कार्यरत रहेको जानकारी दिइएको छ ।