९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने



अ+ अ-

काठमाडौं । सभामुख डाेलप्रसाद अर्यालको पारिवारिक कारणले प्रतिनिधि सभाको बैठक एक दिन पछि सरेको छ।

सङ्घीय संसद् सचिवालयले मंगलबार सूचना प्रकाशित गर्दै भदौ ९ गते मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक निर्धारित समयमा बस्न नसक्ने जनाएको हो।

सभामुख अर्यालको पारिवारिक कारणले बैठक सारिएको सचिवालय स्रोतले जनाएको छ। प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गर्नुभएको सचिवालयले जनाएको छ।

बैठकको मिति र समय परिवर्तन भएको जानकारी प्रतिनिधि सभाका सम्पूर्ण सदस्यलाई गराउन सचिवालयले सूचना प्रकाशित गरेको हो।




भर्खरै