८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ



अ+ अ-

काठमाडौं  । बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।

किशोरको बयान चलिरहेका बेला बयान कक्षभित्र खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीमाथि प्रश्न उठेको थियो । भिडियोमा किशोरले घटनाबारे दिएको बयानसम्बन्धी संवेदनशील विवरणसमेत सार्वजनिक भएको थियो ।

भिडियो प्रहरीकै बयान कक्षबाट बाहिरिएको देखिएपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको बारा प्रहरीका एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका प्रहरीमाथि फौजदारी कसुरअन्तर्गत कारबाही अघि बढाउने तयारी भइरहेको छ ।

बयानको भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र घटनामा अन्य प्रहरीको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भिडियो कसरी खिचियो र सामाजिक सञ्जालमा कसरी पुग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।