८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता र मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा.मनोहर प्रधानको उपस्थितिमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रको हालसम्मको कार्यप्रगति तथा आगामी कार्यदिशाबारे सोमबार समीक्षा गरिएको छ।

छलफलमा सामुदायिक नर्सिङ सेवाको विकास, ७७ वटै जिल्लामा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)को अवस्था तथा ८ प्रकारका जटिल रोगसम्बन्धी सेवाको अवस्थाबारे समीक्षा गरिएको थियो।

त्यस्तै,राष्ट्रिय स्वास्थ्य शिक्षा,सूचना तथा सञ्चार केन्द्रले चालु आर्थिक वर्षमा सञ्चालन गरेका स्वास्थ्य शिक्षा,स्वास्थ्य प्रवर्द्धन,सूचना तथा सञ्चारसम्बन्धी कार्यक्रमको प्रगति र आगामी योजनाबारे प्रस्तुति दिएको थियो।

केन्द्रका अनुसार मानसिक स्वास्थ्य सचेतना अभियान देशव्यापी रूपमा सञ्चालन गरिएको छ। कक्षा १ देखि १२ सम्मको स्वास्थ्य शिक्षा पाठ्यक्रमको समीक्षा गरी सिफारिस प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरिएको छ। त्यस्तै,३२ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी सूचना एसएमएसमार्फत पठाइएको छ।

छलफलमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारसँगै समुदायस्तरमा स्वास्थ्य शिक्षा,स्वास्थ्य प्रवर्द्धन,सामाजिक व्यवहार परिवर्तन तथा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा आगामी कार्यदिशा तय गर्नेबारे समीक्षा गरिएको छ।