८ भाद्र २०८३, सोमबार
,
Latest
सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गरिमा चौधरीका आमाबुबाले गृह मन्त्रालयमा दिएको धन्यवादको भिडियो खिचेर सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले मृतकका अभिभावकको संवेदनशील अवस्थालाई ध्यानमा राख्नुपर्ने बताएका हुन् । उनले घटनाबारे आफूले धेरै टिप्पणी नगरे पनि यसले नेपाली समाज कतातर्फ गइरहेको छ भन्ने प्रश्न उठाएको बताए ।

आचार्यले मृतकका आमाबुबाले मन्त्रालयमा धन्यवाद दिएको भिडियो खिचिनु र मेडिकल परीक्षणका क्रममा आरोपितले बोलेका कुरालाई सार्वजनिक गरिनु दुवै विषय गम्भीर भएको उल्लेख गरे ।

‘हामीले कस्तो समाज बनाइरहेका छौं भन्ने सबैले मनन गर्नुपर्छ,’ उनले भने, ‘जहाँ मृतकको बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र मेडिकल गर्दै गर्दा एउटा अक्युज्डले बोलेका कुराहरूलाई सार्वजनिक रूपमा पब्लिकमा राखिन्छ ।’

यस्ता संवेदनशील विषयलाई सार्वजनिक प्रदर्शनको माध्यम बनाउने प्रवृत्ति रोक्नुपर्नेमा आचार्यले जोड दिए । उनले यस्ता गतिविधिले समाजलाई गलत दिशातर्फ लैजाने भन्दै बन्द गर्नुपर्ने बताएका छन् ।