६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि राजधानीमा बिजुली बस, रक्षामन्त्री पोखरेलद्वारा शुभारम्भ



अ+ अ-

काठमाडौं । आजदेखि राजधानी काठमाडौंमा बिजुली बस गुड्न थालेका छन् । भृकुटीमण्डपमा एक कार्यक्रमका बीच उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बसको शुभारम्भ गरे । पोखरेलले बिजुली बस शुभारम्भ गर्दै सानो सुरुआती प्रयास भए पनि विकासका लागि यो परिवर्तनको संवाहक भएको बताए ।

बिजुली बसको उद्घाटन गरेपछि उपप्रधानमन्त्री पोखरेल बिजुली बस चढेर टुँडिखेल घुमेका छन् ।सुन्दर यातायात कम्पनीले दुई वटा बिजुली बस सञ्चालनमा ल्याएको हो। यी बस रिङरोडमा सञ्चालन चल्नेछन्। केहीदिनमै थप २ बिजुली बस सञ्चालनमा आउने सुन्दर यातायातले जनाएको छ ।

‘अरु २ वटा पनि काठमाडौं आइसक्यो, केही दिनमै यी बस पनि थपिन्छन्’ सुन्दर यातायातका सञ्चालक सुरेश पोखरेलले भने । यी बस फूल चार्ज गरेपछि २६५ किलोमिटरसम्म गुड्न सक्ने छन्। यसको उच्चतम गति प्रतिघण्टा ६९ किलोमिटरसम्म रहेको छ।