१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ ले दुई दिनमै कमायो १०० करोड



अ+ अ-

एजेन्सी । साउथ सुपरस्टार अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पाः द राइज’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । 

साउथका भाषासँगै हिन्दीमा पनि रिलिज गरिएको यस फिल्मले सबै भर्जनमा गरेर दुई दिनमा नै १०० करोडभन्दा बढीको कमाई गर्न सफल भएको छ । 

हलिउड फिल्म स्पाइडर म्यानः नो वे होम लागिरहेकाले पुष्पाको व्यापारमा प्रभाव परेको भएपनि फिल्मले बम्पर ओपनिङ गर्न सफल रहेको छ । 

सुकुमारको निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुनको अपोजिटमा रश्मिका मन्डना रहेकी छन् भने फहाद फासिल पनि प्रमुख भूमिकामा छन् ।