१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्भडहलका लागि जग्गा उपलब्ध गराउने मन्त्रीको प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलको मान्यता पाएको भलिबल संघलाई कर्भहल निर्माणका लागि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले आयोजना गरेको विदाई कार्यक्रममा टोलीलाई शुभकामना दिँदै जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रिय खेलकुद परिषदको परिसरमा रहेको पुरानो पौडी पोखरीको स्थानलाई कर्भड हल निर्माण गर्न पहल गर्ने जनाएका हुन् ।

२०७२ सालको भुकम्पका कारण भत्काएको पौडी पोखरी र त्यसैको आँडमा रहेको लन टेनिसको जग्गा अहिले प्रयोग विहिन छ । जसमा नेपाल भलिबल संघलाई दिन पहल गर्ने मन्त्री गहतराजले प्रतिबद्धता जनाएका हुन् । विदाई कार्यक्रममा नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले राष्ट्रिय खेल भए पनि सरकारबाट सहयोग नभएको, संघ सञ्चालन गर्न पनि धौःधौ भएको भन्दै मन्त्री सामु गुनासो पोखेका थिए ।