६ भाद्र २०८३, शनिबार
,
Latest
बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध



अ+ अ-

वीरगन्ज । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयले आज पनि वीरगन्ज–पथलैया सडक खण्ड अवरुद्ध गरेका छन् ।

गरिमालाई न्याय दिलाउन माग गर्दै स्थानीयवासीले आज चौथो दिन पनि वीरगन्ज–पथलैया सडकको सिमरा खण्डमा टेन्ट टाँगेर धर्ना दिइरहेको प्रहरीले जनाएको छ ।

यसअघि बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग पाँच बुँदे सहमति भए पनि गरिमाको परिवारले उक्त सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका चौधरी साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी थिइन् । खोजीका क्रममा भदौ २ गते आफ्नै घर नजिकैको एक घरमा विभत्स तथा अमानवीय अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

बालिका चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग विभिन्न राजनीतिक दल र विभिन्न सङ्घसंस्थाले पनि विरोध गर्दै आएका छन् । रासस