२४ असार २०८३, बुधबार
,
Latest
मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नगर्नु राज्यतर्फबाट भएको मानव अधिकार हननः लिली थापा वन अधिकृत यादव घुससहित पक्राउ राष्ट्र बैंक तेस्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधानका लागि दुई वर्ष लाग्ने, असारभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी ‘सन्तोषजनक छैन मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन अवस्थाः द्वन्द्वकालीन पीडितलाई न्याय दिलाउने सिफारिस कार्यान्वयनमा ढिलाइ’ रास्वपा सांसदको प्रश्न: म भात खान्छु, सरकारले के खान्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतीय बस काठमाडौंमा सररर



अ+ अ-

काठमाडौं । सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रबाट पहिलोपटक सुन्दरले सोमबारबाट विद्युतीय बस सञ्चालनमा ल्याएको हो । चीनको बिएके कम्पनीबाट खरिद गरिएका दुई विद्युतीय बस सञ्चालनमा ल्याएको प्रालिले जनाएको छ ।

सुन्दर यातायातले सोमबार काठमाडौंमा औपचारिक कार्यक्रम गरेर बस सञ्चालनमा ल्याएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापालगायतले बसको संयुक्त रूपमा उद्घाटन गरे । विद्युतीय बस चक्रपथमा गुड्नेछन् । कम्पनीले यही वर्षभित्र २५ वटा बस काठमाडौंमा चलाउने योजना बनाएको अध्यक्ष थापाले बताए । उनका अनुसार कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य खर्चिएको छ ।

कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको थापाले बताए । विद्युतीय बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्न सकिनेछ । कम्पनीले यात्रुलाई २० प्रतिशत छुट दिने योजना बनाएको छ । सरकारले विद्युतीय सवारीका लागि छुट्टै भाडादर नतोकेको अवस्थामा अहिलेकै व्यवस्थालाई टेकेर कुल भाडामा २० प्रतिशत छुट दिने योजना बनाएको थापाले बताए ।

बसमा आधुनिक प्रविधिमार्फत स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । केही हप्ताअघि चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । रातभर ६ घन्टा चार्जसमेत गर्न सकिने कम्पनीले जनाएको छ । औसत एकपटक फुलचार्ज गर्दा २६८ किलोमिटर गाडी चलाउन सकिने कम्पनीको भनाइ छ ।

थापाले निजी कम्पनी विद्युतीय सवारी सञ्चालन गर्न सक्षम रहे पनि सरकारले आवश्यक नीति नबनाएको गुनासो गरे ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै