१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानसँगको वार्ता धरापमा



अ+ अ-


वासिङटनः एक वर्षदेखि अफगानिस्तान संकटका समाधानका लागि अमेरिका र अफगान विद्रोही समूह तालिबानसँग जारी शान्ति वार्ता टुंगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको छ ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले वार्ताको संभावना नरहेको स्पष्ट गर्नुभयो । तालिबानसँग तत्काल वार्ता हुने सम्भावना छैन, उहाँले भन्नुभयो । दुई दिन अघिमात्र उहाँले तालिबानसँगको वार्ता रद्द गर्नुभएको थियो ।

काबुलमा अमेरिकी दूतावास नजिकै तालिबान समूहले गराएको कारबम बिस्फोटमा एक जना अमेरिकी सैनिकको मृत्यु भएपछि वार्ता अमेरिकाले वार्ता एकपक्षीय रुपमा भंग गरेको थियो ।

१८ वर्षदेखि अफगानिस्तानमा अमेरिका र तालिबानबीच सशस्त्र संघर्ष जारी छ । यस युद्धका कारण हजारौं अफगानी र करिब दुई हजार ४०० अमेरिकी सैनिकको ज्यान गइसकेको छ । अझै पनि दिनहुँ अफगानिस्तानमा सेना, प्रहरी, विद्रोही र सर्वसाधारणको ज्यान जानेक्रम रोकिएको छैन ।

अमेरिकाले अफगानिस्तानमा हाल करिब १४ हजार सेना तैनाथ गरेको छ । यी सेनाले खासगरी अफगान सेनालाई तालिम, परामर्श र हवाई सुरक्षा दिनेछ ।