४ भाद्र २०८३, बिहीबार
,
Latest
लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’



अ+ अ-

काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले आफ्नै देशमा न्यायको आशामा राज्यका विभिन्न निकायमा धाउँदा पनि आफ्नो समस्या समाधान नभएको गुनासो गरेका छन्।

सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति सार्वजनिक गर्दै कट्टेलले छोरीसहित मातृभूमि फर्किएर दुई महिनासम्म समस्या समाधानका लागि अथक प्रयास गरेको बताएका छन्। न्यायको आशामा राज्यका विभिन्न ढोका पुगे पनि आफ्नो आवाज नसुनिएको उनको भनाइ छ।

उनले आफ्नो समस्या समाधान हुनुको सट्टा भरतपुर महानगरपालिकाबाट विनियोजित १५ करोड रुपैयाँको बजेटसमेत फ्रिज हुने अवस्था आएको उल्लेख गरेका छन्। आफूले १८ करोड ४३ लाख रुपैयाँको भार, अधुरा सपना र मनभरिको पीडा बोकेर पुनः मातृभूमिबाट फर्किन बाध्य भएको उनले बताएका छन्।

‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,’ कट्टेलले लेखेका छन्।

समाज र राष्ट्रका लागि इमानदारीपूर्वक केही गरौँ भन्ने उद्देश्यले आफूले आफ्नो उर्वर समय समर्पण गरेको स्मरण गर्दै उनले राज्यबाट पाएको प्रोत्साहनप्रति समेत प्रश्न उठाएका छन्।

यद्यपि, निराशाबीच पनि आफूमा आशा भने बाँकी रहेको उनले बताएका छन्। कुनै दिन राज्यले आफ्नो पीडा सम्झिने, समयले सत्य बोल्ने र संघर्षको मूल्य बुझिने विश्वास उनले व्यक्त गरेका छन्।

‘त्यो दिन आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनुपर्ने छैन,’ उनले लेखेका छन्।

आफू चाँडै पुनः सबैसँग भेट हुने आशामा रहेको बताउँदै कट्टेलले सामाजिक सञ्जालमार्फत शुभेच्छुक तथा समर्थकप्रति माया र सम्मानसमेत व्यक्त गरेका छन्।