२४ असार २०८३, बुधबार
,
Latest
धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त जनकपुरका अतिक्रमित गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन तुइन खोलामा पहिरो रोकथाम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

३७ जिल्लामा उपनिर्वाचन : ४ लाख ४७ हजार मतदाता



अ+ अ-

काठमाडौं। निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७ जिल्लामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको बताएको छ । आयोगले विभिन्न ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको बताएको हो । आयोगले मतदाता नामावलीउपर दाबी विरोधसमेत आह्वान गरेको छ ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार १ असोजमा हरेक वडामा रहेको सहायक नाम दर्ता अधिकारीको कार्यालयमा नामावली प्रकाशन गरिने, २ असोजमा सो नामावलीमा दोहोरो नाम परेको हटाउन तथा त्रुटि भएको सच्याउन निवेदन लिनेलगायतका काम गरी ६ असोजमा पुनः नामावली अद्यावधिक गरिनेछ ।
यसैगरी, ८ असोजमा हटाइएको नाम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको वडा कार्यालयमा टाँस्ने तथा सोही दिन अद्यावधिक गरिएको नाम प्रकाशन गर्ने र ८ देखि १० असोजसम्म अद्यावधिक गरिएको नाम जिल्ला निर्वाचन कार्यालयमा बुझाइने आयोगले जनाएको छ ।

आयोगले उपनिर्वाचनका लागि दल दर्ता आह्वान यसअघि नै गरिसकेको छ । आयोगले विभिन्न ५१ पदमा हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि भदौ मसान्तसम्म दल दर्ताका लागि समय दिएको हो ।
आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४२ गरी कुल ५१ रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ ।
आयोगले उपनिर्वाचनका लागि कतिपय आवश्यक सामग्री पहिले निर्वाचनमा प्रयोग गरिएकालाई नै प्रयोग गर्न सकिनेसमेत जनाएको छ । यसैगरी, उपनिर्वाचन गराउन आयोगले करिब ३९ करोड रकम आवश्यक पर्ने बताउँदै आएको छ । अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि २५ करोड निकासा गरिसकेको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।




भर्खरै