२४ असार २०८३, बुधबार
,
Latest
पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त जनकपुरका अतिक्रमित गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

होशियार ! झुक्किएर पनि अरुलाई नसुनाउनुस् यस्ता ५ सपना



अ+ अ-

काठमाडौं । सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना देख्छन्। हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ।

सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं। प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ। प्राय मान्छेहरुले निन्द्राबाट बिउझिंदा आफूले देखेका सपनाहरु बिर्सिने गर्छन्।

त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असरबारे थाहा हुँदैन। प्राय मान्छेहरु रातको समय मा देखेको सपना विहान उठ्नासाथ आफ्ना परिवारका अन्य सदस्यलाई सुनाउने गर्छन्।

तर यदि आफूले देखेका केही अचम्मलाग्दा सपनाहरु निन्द्राबाट बिउँझिने बितिकै अरुलाई सुनाउने गर्दा तपाईलाई त्यस सपनाको फल प्राप्त नहुने साथै यसले तपाईको जीवनमा पर्ने प्रभाव घट्दै जान्छ।

यस्ता केही पाँच वटा सपना जुन तपाईले अन्य व्यक्तिहरुलाई सुनाऊनु भएमा तपाईको जीवनमा यसबाट हुने प्रभाव कम हुँदै जाने गर्छ।

१.आफूलाई मृत अवस्थामा देख्नु भएमा
यदि तपाईले निन्द्राको समयमा आफैलाई मृत अवस्थामा देख्नुभएमा धेरै डर लाग्न सक्ने भएपनि अन्यन्त शुभ हुने गर्छ। यो सपनाको अर्थ तपाईका जीवनमा आइपरेका हरेक समस्याहरुको अन्त्य हुँदै जानेछन्।

२. हराभरा बगैंचा र रुखमा फल लागेको देखेमा
यदि सपनामा तपाईको घर वरिपरि वा नजिक कतै सुन्दर बगैंचा साथै कुनै रुखमा फल लागेको देख्नु धेरै शुभ मान्ने मान्ने गरिन्छ। यो सपनाको अर्थ तपाईले जीवनमा चाहे जति खुशी प्राप्त गर्न सक्नुहुन्छ र आउने दिनहरुमा आर्थिक रुपले सम्पन्न हुने योग रहने छ।

३. सपनामा सानो माछा देखेमा

माछालाई देवताको प्रतिक समेत मान्ने गरिन्छ। यदि सपनामा सानो माछा पकाएको वा खाएको देख्नुभएमा यसको मतलब तपाईलाई आकस्मिक धन लाभ हुनुको साथै सुख प्राप्ति हुने गर्छ।

४. सपनामा सर्प देखेमा

सपनामा साँप देख्दा जो कोहि डराउने गर्छन वा घृणा गर्न सक्छन तर यसरी सुतेको समयमा साँप देख्नु अन्यन्तै शुभ मान्ने गरिन्छ। यदि तपाईलाई साँपले लखेटेको ,घेरेको वा टोकेको देख्नु भएमा यो जान्नुहोस् कि तपाईको जीवनमा ठूलो मान९सम्मान,धन प्राप्त गर्नुका साथै तपाईका हरेक कदम प्रगति उन्मुख हुनेछन्।

५. बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देख्नुभएमा
तपाईले सपनामा बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देख्नु भएमा धेरै शुभ हुने गर्छ। यसरी सपनामा बलिरहेको दियो देख्नु भएमा तपाईको जीवनमा नँया(नँया अवसरहरु प्राप्त हुँदै जानेछन र यसको साथमा कुनै देव देवता प्रकट भएको देख्नुभएमा तपाईको जीवनमा ठूलो सफलता मिल्नुको साथै सधैंब खुशीयाली छाउन सक्छ।




भर्खरै