२ भाद्र २०८३, मंगलवार
,
Latest
राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिनुभएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले दिनुभएको जवाफमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुखले उक्त निर्देशन दिनुभएको हो । बैठकमा सांसद तामाङले केही दिनअघि उठाएका विषयमा परराष्ट्रमन्त्री खनालले जवाफ दिनुभएको थियो । मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले प्रश्न गर्नका लागि समय माग गर्नुभयो ।

तथापि, सभामुख अर्यालले नियमावलीको व्यवस्था उल्लेख गर्दै थप प्रश्न गर्ने समय उपलब्ध नरहेको जानकारी गराउनु भयो । सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद तामाङले प्रश्न गर्ने अडान कायम राखेपछि सभामुखले उहाँलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराउनु भयो । सभामुखले बोल्न समय नदिएपछि र स्पष्टीकरणको अवसर प्राप्त नभएपछि सांसद तामाङ संसद बैठकबाट बाहिरिनुभएको हो ।