२ भाद्र २०८३, मंगलवार
,
Latest
किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’



अ+ अ-

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक एवं सांसद क्रान्तिशिखा धितालले रोल्पामा बाढीपहिरोबाट उत्पन्न भयावह अवस्था र जिल्लाको समग्र दुरावस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले थबाङ, सुनछहरी र लुङग्री क्षेत्रमा प्राकृतिक विपद्का कारण हालसम्म १७ जनाको मृत्यु भएको र केही नागरिक अझै बेपत्ता रहेको जानकारी दिनुभयो।

सांसद धितालले मानवीय क्षतिलाई केवल तथ्यांकमा सीमित गर्न नहुने बताउँदै विपद्बाट परिवारले गुमाएको अभिभावक वा सन्तानको अभाव कुनै राहत वा क्षतिपूर्तिले पूरा गर्न नसक्ने उल्लेख गर्नुभयो।

उहाँले राजनीतिक परिवर्तनको इतिहास बोकेको तथा १० वर्षे सशस्त्र द्वन्द्वको मुख्य केन्द्र रहेको रोल्पा अझै पनि आधारभूत पूर्वाधारबाट वञ्चित रहेको बताउनुभयो। केही महिनाअघि भएको जीप दुर्घटनामा १९ जनाको मृत्यु भएको स्मरण गर्दै उहाँले रोल्पाली नागरिक निरन्तर शोक र त्रासमा बाँच्नुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।

सामान्य हावा चल्दा समेत सदरमुकाममा विद्युत् अवरुद्ध हुने तथा ग्रामीण क्षेत्रमा सडक, सञ्चार, स्वास्थ्य र शिक्षाको अवस्था दयनीय रहेको उहाँको भनाइ थियो।

विगतको सशस्त्र द्वन्द्वको गहिरो प्रभावबाट गुज्रिरहेका रोल्पालीका लागि थबाङजस्तो ऐतिहासिक स्थल ‘वार म्युजियम’ बन्नुपर्नेमा वर्षायाममा ज्यान जोगाउनै मुस्किल पर्ने अवस्था आउनु दुःखद् भएको उहाँले बताउनुभयो।

सांसद धितालले विपद् आएपछि मात्र राहत वितरण गर्ने परम्पराको अन्त्य गर्दै विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित राख्ने दीर्घकालीन योजना बनाउन सरकारसँग माग गर्नुभयो। उहाँले राज्यको उपस्थिति तथ्यांक संकलनमा मात्र नभई नागरिकको दुःखमा संवेदनशीलता र सहानुभूतिसहित देखिनुपर्ने बताउनुभयो।




भर्खरै