२ भाद्र २०८३, मंगलवार
,
Latest
३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न माग विजय थापाको ‘आँसु बिक्ने सहर’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासको प्राथमिकता भौतिक पूर्वाधार मात्र नभई उत्पादन र रोजगारी हुनुपर्छः सांसद कार्की



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले सरकारले उद्योग सञ्चालन गर्ने नभई निजी क्षेत्रलाई लगानी र उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण निर्माण गरिदिनुपर्ने बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले विकासको परम्परागत परिभाषा बदल्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले सडक, पुल, सुरुङ र विमानस्थल जस्ता भौतिक पूर्वाधारको निर्माण आवश्यक भएपनि ती पूर्वाधारले नेपाली उत्पादन र रोजगारीमा पु¥याएको योगदानको समीक्षा गर्नुपर्ने बताउनु भयो ।

सरकारको भुमिका ‘व्यापारी’ बन्ने नभई ‘सहजकर्ता’ बन्ने हुनुपर्ने धारणा राख्दै कार्कीले निजी क्षेत्रलाई आर्थिक साझेदारका रूपमा हेर्न आग्रह गर्नुभयो । मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ८० प्रतिशतभन्दा बढी योगदान पु¥याइरहेको निजी क्षेत्रलाई शङ्काको दृष्टिले हेर्न नहुने उहाँको तर्क छ ।

घाटामा रहेका सरकारी उद्योगहरूका सम्बन्धमा टिप्पणी गर्दै सांसद कार्कीले वर्षौँसम्म जनताको करबाट घाटा पूर्ति गरेर उद्योग चलाउनु समाधान नभएको बताउनु भयो । सम्भावना भएका उद्योगहरूलाई पारदर्शी प्रतिस्पर्धाका माध्यमबाट निजी क्षेत्रलाई व्यवस्थापनको जिम्मेवारी दिन उहाँले सुझाव दिनुभयो । –न्युज एजेन्सी नेपाल

 




भर्खरै