१ भाद्र २०८३, सोमबार
,
Latest
बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति विद्युतमा भ्याट लगाएर सरकारले जनतालाई सास्ती दिएको सीके राउतको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर उपहार



अ+ अ-

काठमाडौं। आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत १६ जना विजेतालाई जनही एक लाख रुपैयाँ र एक जनालाई बम्पर उपहार प्रदान गर्ने गरी विजेता घोषणा गरेको छ।

विभागले साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी भएका उपभोक्तामध्येबाट पुरस्कार विजेता छनोट गरेको हो। योजनाअन्तर्गत १६ जना विजेताले जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ पाउनेछन्।

बम्पर उपहारबापत प्राप्त हुने १० लाख रुपैयाँमा प्रचलित कानुनअनुसार २५ प्रतिशत कर लाग्नेछ।

विभागका अनुसार करदाता प्रोत्साहन पुरस्कार योजनामा पछिल्लो समय उपभोक्ताको सहभागिता उल्लेख्य रूपमा बढेको छ। नगद तथा क्यूआर कारोबारमार्फत ठूलो संख्यामा उपभोक्ता योजनामा सहभागी भएका थिए।

विभागले उपभोक्तालाई नियमित तथा नियमसम्मत कारोबारमा प्रोत्साहित गर्ने उद्देश्यले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ।