१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनद्वारा कार्यदल गठन



अ+ अ-

काठमाडौं ।सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका छन् ।   

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आह्वान गर्नुभएको सत्तारुढ गठबन्धनको बैठकले सो सहमति गरेको हो । कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।

कार्यदलले संसद् बैठक सुचारु गर्नेदेखि संसद्मा विचाराधिन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरुसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश पाएको बैठकमा सहभागी एक नेताले राससलाई जानकारी दिनुभयो । बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।     

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकपछि आजै संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसेको थियो । बैठकमा संसद्मा जारी गतिरोध अन्त्य गर्ने, संसद्मा विचाराधिन विषयलाई अगाडि बढाउनेलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका कानुन विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।