२९ श्रावण २०८३, शुक्रबार
,
Latest
देउवा इतर पक्षको राष्ट्रिय भेलामा सहभागी नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको राजनीतिक सङ्घर्ष युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल सुजाता कोइरालाले भनिन्ः ‘देउवाले पदको लडाइँ छाडेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ’ धवलले गरे ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह ‘त्रिभुज’ युवाले जलवायु परिर्वतनलाई गहिराइबाट बुझ्नुपर्छः डा.महेश्वर ढकाल मानव अधिकार आयोगका ५२ प्रतिशतभन्दा बढी सिफारिस कार्यान्वयन भएनन् नेपाल एयरलाइन्सलाई पीपीपी मोडलमा लैजानुपर्ने मन्त्री पौडेलको धारणा हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ सुरू, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा बाढीले घर र पुल बगायो



अ+ अ-

काठमाडाैँ । अविरल वर्षाका कारण गएराति जाजरकोटको नलगाड नगरपालिका–१० मा तासुघाट आएको बाढीलेले एउटा खाजा पसलसहित चार वटा घर र झोलुङ्गे पुल बगाएको छ ।

बाढी पहिरोबाट भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको तथा घटनामा मानवीय क्षति नभएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

जाजरकोटको दल्लीस्थित सशस्त्र प्रहरीको अस्थायी मनसुन विपद् व्यवस्थापन बेस र स्थानीय प्रहरी चौकीबाट प्रहरी जनशक्ति प्रभावित क्षेत्रतर्फ खटाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।