२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ सुरू, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित अघि बढ्नुपर्छ : सभामुख अर्याल ‘भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्’: सभामुख अर्याल व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु लागुऔषधसहित एघार जना पक्राउ देउवालाई विश्वप्रकाशले भने–पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस् जाजरकोटमा बाढीले घर र पुल बगायो काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्यः उपसभापति शर्मा पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्‍यो



अ+ अ-

काठमाडाैँ । स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंश र रेबिजविरुद्धको खोप आएको छ । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले सर्पदंशविरुद्धको खोप र रेबिजविरुद्ध प्रयोग हुने खोप बिहीबार प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्पदंशविरुद्धको आठ हजार २०० भायल र रेबिजविरुद्धको १७ हजार ६०० भायल खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ ।

प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ । केही दिनअघिदेखि रेबिजविरुद्धको खोप सहज रुपमा प्राप्त नभएको गुनासो थियो ।