२९ श्रावण २०८३, शुक्रबार
,
Latest
एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित अघि बढ्नुपर्छ : सभामुख अर्याल ‘भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्’: सभामुख अर्याल व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु लागुऔषधसहित एघार जना पक्राउ देउवालाई विश्वप्रकाशले भने–पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस् जाजरकोटमा बाढीले घर र पुल बगायो काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्यः उपसभापति शर्मा पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल जलवायु नीति निर्माणमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्छौँ : मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता



अ+ अ-

काठमाडाैँ । रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहीबार राति रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ गाउँमा पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्तीमगर, उहाँकी श्रीमती शनी घर्तीमगर र उक्त घरमा बास बस्न आएकी छिमेकी लली घर्तीमगरसमेत पुरिएका छन् ।

प्रहरीले स्थानीयको सहयोगमा पहिरो हटाउने तथा खोजी गर्ने कार्य जारी राखेको छ । यसैगरी, सुनछहरी गाउँपालिका–२ गिट्ठे गाउँमा समेत लादे बुढामगरको घरसमेत पहिरोले पुरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । अहिले प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।