२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनह्याम र लिभरपुलबीच बराबरी, म्यान्चेस्टरको स्थिति अझ सुदृढ



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा टोटनह्याम र लिभरपुल बीचको खेल बराबरीमा टुंगिएको छ ।

यो बराबरीसँगै लिभरपुलले ४१ अंक जोडेको छ तर पहिलो स्थानमा रहेको म्यान्चेस्टरले न्यूकासल युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेका कारण लिगमा पहिलो स्थानलाई अझ सुदृढ बनाएको छ । म्यान्चेस्टर सिटीको अब ४४ अंक भएको छ ।

लिभरपुल र टोटेनह्यामबीचको खेल रोमाञ्चक २–२ को बराबरीमा सकिएको थियो । टोटेनह्यामका लागि ह्यारी केनले पहिलो गोल गरेका थिए तर लिभरपुलका तर्फबाट डिएगो जोटोले बराबरी गोल फर्काएका थिए ।

त्यसपछि एन्ड्रयु रोबर्टसनको गोलको लिभरपुलले अग्रता लिएपनि टोटेनह्यामका लागि सन ह्युङ मिन सनले बराबरी गोल गरे । खेलको ७७औं मिनेटमा लिभरपुलका रोबर्टसनले रातोकार्ड पाएर मैदान छाड्नु परेको थियो ।

आइतबार नै भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई ४–० ले हराएको थियो ।

चेल्सी भने उल्भ्ससँग गोलरहित बराबरी भयो ।

अंक तालिका
१. म्यान्चेस्टर सिटी — ४४ अंक (१८ खेल)
२. लिभरपुल —- ४१ अंक (१८ खेल)
३. चेल्सी —– ३८ अंक (१८ खेल)
४. आर्सनल —– ३२ अंक (१८ खेल)
५. वेस्टह्याम  —– २८ अंक (१७ खेल)
६. म्यान्चेस्टर युनाइटेड —- २७ अंक (१६ खेल)

एजेन्सी