२७ श्रावण २०८३, बुधबार
,
Latest
कार्यकाल बाँकी छँदै दुई सचिवले छाडे पद ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म,देउवाले उद्घाटन गर्ने परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि ३१ गतेसम्म,देउवाले उद्घाटन गर्ने



अ+ अ-

 

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा हुने बताइएको छ। भेलाको प्रमुख अतिथिका रूपमा पूर्वसभापति देउवालाई आमन्त्रण गरिएको छ। आयोजकका अनुसार देउवाले शुक्रबार दिउँसो १ बजे भेलाको उद्घाटन गर्नेछन्।

भेलाको पहिलो दिन उद्घाटन समारोहसँगै कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि शनिबार र आइतबार दुई दिन बन्दसत्र सञ्चालन हुनेछ।

आयोजकका अनुसार भेलामा करिब ४ हजार ६ सय नेता–कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। सहभागीको संख्या ५ हजारभन्दा बढी पुग्न सक्ने अनुमानसमेत गरिएको छ।

भेलामा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। प्रतिवेदनलाई बिहीबार साँझसम्म अन्तिम रूप दिएर सञ्चारमाध्यमलाई उपलब्ध गराउने तयारी भइरहेको बताइएको छ।