११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने

पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने
अ अ+ अ-

कास्की। पोखराको पृथ्वीचोकमा वर्षौंदेखि सडक पेटी तथा फुटपाथबाट सञ्चालन हुँदै आएका लामो तथा छोटो दूरीका बस आजदेखि बसपार्कभित्रबाटै छुट्न सुरु गरेका छन् ।

सडक पेटीमा हुँदै आएको बस पार्किङ तथा यात्रु चढाउने–झार्ने कार्य हटाएर बसपार्कभित्रैबाट सेवा सञ्चालन गर्न सुरु गरिएको हो ।

सडक पेटी र फुटपाथमा बस तथा अन्य सवारीसाधनको अव्यवस्थित पार्किङका कारण पृथ्वीचोकदेखि चाइनापुलसम्मको क्षेत्र लामो समयदेखि अस्तव्यस्त रहँदै आएको थियो । फुटपाथसमेत बस सञ्चालन र यात्रु चढाउने–झार्ने कार्यमा प्रयोग हुँदा पैदलयात्रुले सास्ती खेप्दै आएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले पोखरा महानगरपालिकाभित्र सञ्चालन हुने नगर बसबाहेक जिल्ला बाहिर जाने तथा लामो दूरीका सबै बस बसपार्कभित्रबाटै सञ्चालन हुने व्यवस्था गरिएको बताउनुभयो ।

“जिल्ला बाहिर जाने र लामो दूरीका बसले सडकमा रोकेर यात्रु पर्खने, चढाउने र झार्ने गर्न मिल्दैन । यातायात व्यवसायीको सहयोगमा यसलाई व्यवस्थित गर्न खोजेका हौँ । यसबाट पृथ्वीचोकको अव्यवस्था हट्नुका साथै ट्राफिक व्यवस्थापन सहज हुनेछ”, उहाँले भन्नुभयो ।

बसपार्क अगाडि रहेका यातायात समितिका अव्यवस्थित टिकट काउन्टरसमेत हटाइने ट्राफिक प्रहरीले जनाएको छ । यसअघि पोखरा महानगरपालिकाले दुई वर्षअघि फुटपाथ तथा सडकबाट पार्किङ हटाएर बसपार्कभित्रैबाट बस सञ्चालन गर्ने प्रयास गरे पनि प्रभावकारी हुन सकेको थिएन । अब भने नियमित अनुगमन गरी निर्णय कार्यान्वयन गरिने ट्राफिक प्रहरीको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा पृथ्वीराजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष एनकुमार साइले व्यवस्थित पोखरा निर्माणमा यातायात व्यवसायीको पूर्ण सहयोग रहने बताउनुभयो । उहाँले विगतमा बसपार्कभित्र पर्याप्त व्यवस्थापन नभएकाले सडक पेटीबाटै बस सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउँदै अहिले बसपार्कभित्रको अवस्था केही सहज भएकाले त्यहीँबाट सेवा सञ्चालन गर्न व्यवसायी तयार रहेको जानकारी दिनुभयो ।

“पोखरा पर्यटकीय राजधानी भएकाले यसलाई सुन्दर र व्यवस्थित बनाउन यातायात व्यवसायीको पनि जिम्मेवारी छ । हाम्रा चालक तथा कर्मचारीलाई बसपार्कभित्रैबाट यात्रु चढाउने र झार्ने व्यवस्था गर्न निर्देशन दिइसकेका छौँ”, अध्यक्ष साइले भन्नुभयो ।

पोखरा महानगरपालिकाले दुई महिनाअघि बसपार्कभित्र रहेका केही व्यापारिक संरचना हटाएपछि बसपार्क क्षेत्र केही व्यवस्थित बनेको छ । सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा २०५ रोपनी जग्गा अधिग्रहण गरिए पनि हालसम्म व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन ।

लामो समयदेखि बसपार्कको समस्या समाधान हुन नसक्दा पृथ्वीचोकको सडक तथा फुटपाथ नै अस्थायी बसपार्कजस्तो प्रयोग हुँदै आएको थियो । पछिल्लो समय बसपार्कभित्रका अतिक्रमित संरचना हटाउने र व्यवस्थित बसपार्क निर्माणको प्रक्रिया अघि बढाइएकाले पृथ्वीचोकको ट्राफिक व्यवस्थापन सुधार हुने अपेक्षा गरिएको छ । रासस