११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

आर्थिक प्रलोभनमा पारी बालिकाको डिम्ब निकालिएको घटनाप्रति संसदको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

आर्थिक प्रलोभनमा पारी बालिकाको डिम्ब निकालिएको घटनाप्रति संसदको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग
अ अ+ अ-

काठमाडाैँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको मंगलवारको बैठकमा एक १७ वर्षीया बालिकालाई आर्थिक प्रलोभनमा पारी उनको डिम्ब (ओभम) निकालिएको गम्भीर र संवेदनशील घटना सार्वजनिक भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद स्मृति सेञ्चुरीले उक्त घटनाबारे सदनको ध्यानाकर्षण गराउनुभएको हो । सांसद सेञ्चुरीले संसद्मा प्रश्तुत गर्नुभएको जानकारीअनुसार गत साउन १४ गते ती बालिकालाई ३० हजार रुपैयाँको प्रलोभन देखाई राधिका गोतामे, प्रासन अधिकारी र डाक्टर नुतन शर्मा लगायतको समूहले डिम्ब निष्कासन प्रक्रियामा संलग्न गराएका थिए ।

पीडित बालिकाको महिनावारी चक्र (मेन्सुरेशन साइकल) ट्रयाक गरी १० दिनसम्म हर्मोनल इन्जेक्सन दिइएको र अल्ट्रासाउण्डमार्फत डिम्ब निकालिएको सांसद सेञ्चुरीले बताउनु भयो ।

डिम्ब निष्कासनपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो । उनी बेहोस हुने, हिँडडुल गर्न नसक्ने, पेट र कम्मर दुख्ने तथा वान्ता हुने जस्ता समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएको थियो । चिकित्सकहरूले स्वास्थ्य परीक्षणका क्रममा बालिकाको डिम्ब निकालिएको पुष्टि गरेको सांसद सेञ्चुरीले जानकारी दिनुभयो ।

यस सम्बन्धमा पीडित पक्षले जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत उजुरी दर्ता गराएका थिए । उजुरीका आधारमा केही व्यक्ति पक्राउ परे पनि उनीहरूलाई सामान्य जिम्मा जमानीमा छाडिएको र हाल उनीहरूले पीडित पक्षलाई विभिन्न माध्यमबाट धम्की दिइरहेको सांसद सेञ्चुरीको आरोप छ । सांसद सेञ्चुरीले उक्त घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गर्न र हदैसम्मको कानूनी कारबाही गरी पीडितलाई न्याय दिलाउन सभामुखमार्फत सरकारसँग माग गर्नुभएको छ ।