११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी
अ अ+ अ-

काठमाडाैँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ काम गर्ने हो भने वर्षौदेखि घाटामा रहेको एउटा संस्थान कसरी छोटो समयमै नाफा आर्जन गर्न सक्छ भन्ने उदाहरण भनेको छ, दुग्ध विकास संस्थान (डिडिसी) । प्रधानमन्त्री वालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालबाट डिडिसीसम्बन्धी केही तथ्याङ्क प्रस्तुत गरेसँगै डिडिसी अहिले कसरी दैनिक नाफा आर्जन गरिरहेको छ भन्ने सबैको चासो बनेको छ । यसबारे हामीले डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेसँग कुराकानी गरेका छौँ ।

डा पाण्डेका अनुसार डिडिसीले हाल ४४ वटा जिल्लाबाट दैनिक रूपमा विभिन्न सङ्कलन केन्द्रमा ६१ हजार लिटरको हाराहारीमा दूध सङ्कलन गरिरहेको छ भने ८० हजार लिटर दूध बिक्री गरिरहेको छ । जसमध्ये १९ हजार लिटर दूध विगतमा रहेको मौज्दातबाट खपत भइरहेको उहाँको भनाइ छ । “गत वैशाख १८ गते मैले व्यवस्थापन सम्हाल्दा ६०० टन पाउडर दूध र ४५० टन बटर मौज्दात थियो, अहिले त्यो घटेर पाउडर दूध १४० टन र बटर १३५ टनमा झरेको छ”, महाप्रबन्धक पाण्डेले भन्नुभयो, “मौज्दात रहेको दूध र बटरको खपत बढाउँदा बिक्री पनि बढेको छ ।” डिडिसीले किसानबाट चार प्रतिशत फ्याट भएको दूध खरिद गर्छ । त्यसलाई ‘स्ट्यान्डर्डाइज’ गरेर दुई प्रकारका दूध बिक्री गरिन्छ ।

बजारमा प्रतिलिटर रु १३० मा पर्ने दूधमा पाँच प्रतिशत फ्याट हुन्छ भने प्रतिलिटर रु १०० पर्ने दूधमा तीन प्रतिशत फ्याट हुन्छ । दैनिक बिक्रीमा रु १३० पर्ने दूधको हिस्सा औसत सात हजार लिटर छ भने रु १०० पर्ने दूधको हिस्सा औसतमा ७३ हजार लिटर छ । डिडिसीले किसानसँग प्रतिलिटर रु ६६ मा दूध खरिद गर्छ । जसमा ढुवानी, सहकारी व्यवस्थापनलगायत खर्च जोड्दा दूधको प्रारम्भिक लागत करिब ७० रूपैयाँ पुग्छ । तर किसानबाट खरिद गरिने दूधमा रहेको अतिरिक्त फ्याटलाई छुट्टै प्रशोधन गरी बटर तथा घिउ उत्पादनमा प्रयोग गरिने भएकाले दूधको वास्तविक लागत गणना प्रतिलिटर रु सातले कम हुन्छ । अर्थात् प्रतिलिटर ६४ रूपैयाँसम्ममा डिडिसीसम्म आइपुग्छ ।

त्यसपछि प्रशोधन, प्याकेजिङ, चिस्यान, ढुवानी, कर्मचारी तथा मेसिन सञ्चालनलगायत खर्च जोड्दा तीन प्रतिशत फ्याट भएको दूध तयार गर्दा प्रतिलिटर अधिकतम रु १५ देखि १८ रूपैयाँसम्म जोडिन्छ । यसरी उक्त दूधको ‘कस्ट अफ प्रोडक्सन’ प्रतिलिटर रु ८२ पुग्छ । डिडिसीले यो दूध डिलरलाई प्रतिलिटर ९२ रूपैयाँमा बिक्री गर्छ । अर्थात् प्रतिलिटर रु १० नाफा गर्छ । डिडिसीले अहिले दैनिक रूपमा ७३ हजार लिटर दूध बिक्री गर्छ । यसरी प्रतिलिटर रु १० नाफा गर्दा कम्पनीले रु सात लाख ३० हजार नाफा गर्दै आएको छ । डिडिसीले पाँच प्रतिशत फ्याट भएको दूध रु १५ थप गरी बिक्री गर्छ ।

जसमा एक प्रतिशत फ्याटलाई रु सात दशमलव पाँचका दरले मूल्य थप हुन्छ । प्रतिलिटर रु ८२ को दूधमा रु १५ थप हुँदा ‘कस्ट अफ प्रोडक्सन’ रु ९७ पुग्छ । डिडिसीले डिलरलाई यो दूध प्रतिलिटर रु १२० मा बिक्री गर्छ र उपभोक्ताले रु १३० मा खरिद गर्छन् । यो भनेको दैनिक रु एक लाख ६१ हजार नाफा हो । यसरी हेर्दा डिडिसीले दैनिक ८० हजार लिटर दूध बिक्रीबाट दैनिक रु आठ लाख ९१ हजार नाफा आर्जन गरिरहेको छ । यो नाफा दूध बिक्रीको मात्रै प्रारम्भिक मार्जिन हो । बटर, घिउ, दही, आइसक्रिम, मोहीलगायत अन्य दुग्धजन्य पदार्थको बिक्रीबाट हुने आम्दानी यसमा समावेश छैन ।

हाल डिडिसीको कूल बिक्रीमा करिब ८५ प्रतिशत हिस्सा दूधको र बाँकी १५ प्रतिशत हिस्सा अन्य दुग्धजन्य पदार्थको रहेको महाप्रबन्धक डा पाण्डेले बताउनुभयो । विगतमा अन्य उत्पादनको बिक्री न्यून हुँदा दूधमै अत्यधिक निर्भर रहेको संस्थानले अहिले बटर, पाउडर, घिउलगायत स्टक बजारमा बिक्री बढाएपछि आम्दानीमा सुधार आएको संस्थानको भनाइ छ । संस्थानका अनुसार हाल देशभर करिब ४५ वटा सङ्कलन केन्द्रबाट दूध सङ्कलन भइरहेको छ भने बालाजु मातहत मात्रै करिब १८ वटा सङ्कलन केन्द्र छन् ।

किसानलाई ६० करोड भुक्तानी

संस्थानले दूध तथा दुग्धजन्य पदार्थको बिक्रीबाट प्राप्त आम्दानीलाई परिचालन गरी किसानको बक्यौता भुक्तानीसँगै पुरानो ऋणसमेत घटाउँदै लगेको छ । जसमा नयाँ व्यवस्थापन आउँदा किसानको आठ महिनाको भुक्तानी (रु ७२ करोड) बाँकी रहेकामा अहिले त्यो दुईदेखि तीन महिना (रु ३५ करोड)मा सीमित भएको छ । यस अवधिमा डिडिसीले रु ६० करोड किसानलाई भुक्तानी गरिसकेको छ । जसमा सरकारबाट प्राप्त अनुदान रकम छैन । डिडिसीले अब उक्त भुक्तानीलाई एक महिनामा झार्ने लक्ष्य अनुरूप काम गरिरहेको जनाएको छ ।

अनावश्यक खर्च कटौती, कर्मचारीको सुविधामा कटौती, सस्तो मूल्यमा दूध खरिद, कुशल व्यवस्थापन र बिक्रीमा आएको बढोत्तरीले आम्दानी बढेपछि किसानलाई भुक्तानी गर्न पनि सहज भएको डिडिसीको भनाइ छ । डिडिसीले यस अवधिमा आम्दानी गरेर करिब रु तीन करोड ऋणसमेत तिरिएको महाप्रबन्धक डा पाण्डेले बताउनुभयो । यस अवधिमा निजी क्षेत्रसँगको समन्वयमा काठमाडौँ उपत्यकामा आठ वटा ‘डेडिकेटेड सेल्स काउन्टर’ खोलिएको छ । बक्यौता असुलीमा पनि दृढताका साथ काम भइरहेको छ ।

डिडिसीले पछिल्लो समय दूधको दैनिक बिक्रीसमेत बढेको जनाएको छ । असार मसान्तसम्म दैनिक करिब ६०–६२ हजार लिटर दूध बिक्री गर्दै आएको संस्थानले यही साउन पहिलो सातादेखि औसत बिक्री ८० हजार लिटर पुर्‍याएको छ । यसबाट बिक्री आम्दानी दैनिक रु ६० लाख बढेर रु ९० लाख पुगेको छ । साथै यसबाट आएको थप रकमलाई शतप्रतिशत किसानको भुक्तानीमा खर्च गरिएको डिडिसीको भनाइ छ । रासस