११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

लैङ्गिक हिंसा र जातीय विभेदविरुद्ध सरकारी पहल देशव्यापी बनाइँदै

लैङ्गिक हिंसा र जातीय विभेदविरुद्ध सरकारी पहल देशव्यापी बनाइँदै
अ अ+ अ-

काठमाडौं । सामाजिक न्याय, समान पहुँच तथा विभेदरहित सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अघि बढाएको पहल देशव्यापी कार्यान्वयनको चरणमा पुगेको छ।

लैङ्गिक हिंसा, जातीय भेदभाव, छुवाछुत तथा सामाजिक बहिष्करणलगायतका विषयमा प्राप्त हुने उजुरी तथा गुनासालाई प्रभावकारी रूपमा सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक सहजीकरणका लागि अनुरोध गरेको थियो।

मन्त्री सिता बादीको नेतृत्वमा रहेको मन्त्रालयले सामाजिक न्यायका सवालमा नागरिकले राज्यका निकायबाट समान, सम्मानजनक र विभेदरहित सेवा प्राप्त गर्ने वातावरण निर्माणका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गर्दै यो पहल अघि बढाएको हो।

मन्त्रालयको अनुरोधपछि गृह मन्त्रालयले सम्बन्धित सुरक्षा तथा प्रशासनिक निकायलाई परिपत्र गर्दै उजुरी दर्ता तथा सम्बोधन र सेवा प्रवाहलाई भेदभावरहित, सेवाग्राहीमैत्री तथा प्रभावकारी बनाउन आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा सीमा प्रशासन कार्यालयलगायतका निकायलाई यससम्बन्धी पत्राचार गरिएको छ।

त्यसैगरी, मन्त्रालयको पहललाई स्थानीय तहसम्म पुर्‍याउन भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका गाउँपालिका तथा नगरपालिकालाई पत्राचार गरेको छ। उक्त मन्त्रालयले जातीय भेदभाव र छुवाछुतविरुद्ध अभियानमूलक कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको हो।

स्थानीय तहलाई पठाइएको पत्रमा लैङ्गिक विभेद एवं हिंसा, जातीय भेदभाव तथा छुवाछुत र सामाजिक बहिष्करणलगायतका विषयलाई गुनासोरहित हुने गरी सम्बोधन गर्न अभियानमूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको छ।

यसरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा अघि बढेको विषय गृह मन्त्रालयमार्फत सुरक्षा तथा प्रशासनिक निकाय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहसम्म पुगेको छ।

मन्त्रालयको यो पहलले सामाजिक न्यायका सवाललाई केन्द्रीय तहमा मात्र सीमित नराखी सुरक्षा संयन्त्र, प्रशासनिक कार्यालय तथा स्थानीय सरकारसम्म पुर्‍याउँदै लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछुत तथा सामाजिक बहिष्करणविरुद्ध समन्वित सरकारी प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।