११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएकाले औपचारिकीकरण चुनौतीपूर्ण : विज्ञ पौडेल

डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएकाले औपचारिकीकरण चुनौतीपूर्ण : विज्ञ पौडेल
अ अ+ अ-

काठमाडौं । डिजिटल अर्थतन्त्रको दायरा परम्परागत वस्तु तथा सेवाको डिजिटल कारोबारमा मात्र सीमित नरही बहुआयामिक बन्दै गएकाले यसको औपचारिकीकरण जटिल र चुनौतीपूर्ण बन्दै गएको डिजिटल अर्थतन्त्रका विज्ञ रमाकान्त पौडेलले बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै पौडेलले डिजिटल अर्थतन्त्रको स्वरूप पछिल्लो समय तीव्र रूपमा विस्तार हुँदै गएको बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय डिजिटल अर्थतन्त्रमा ‘क्राउड इकोनोमी’, ‘इन्फ्लुएन्स इकोनोमी’, ‘एल्गोरिदम इकोनोमी’ र ‘गिग इकोनोमी’ जस्ता नयाँ अवधारणा तथा अभ्यासहरू देखा परेका छन् ।

पौडेलले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समेत ‘एल्गोरिदम इकोनोमी’को अभ्यास देखिएको दाबी गर्नुभयो । सामाजिक सञ्जालमार्फत उम्मेदवारका पक्षमा सामग्री निर्माण तथा प्रभाव विस्तार गर्ने र त्यसबापत पारिश्रमिक लिने प्रवृत्ति देखिएको उहाँको भनाइ थियो ।

“डिजिटल इकोनोमीमा इन्फ्लुएन्स मुख्य पार्ट भइसकेको छ । अहिले एल्गोरिदम इकोनोमीसमेत आएको छ । निर्वाचनको समयमा धेरै मानिसले उम्मेदवारको पक्षमा कन्टेन्ट इन्फ्लुएन्स गर्ने र त्यसबापत पैसा लिने कार्य पनि गरे,” उहाँले भन्नुभयो ।

उहाँले विगतमा वस्तु तथा सेवाको किनबेचबाट हुने डिजिटल कारोबारलाई मात्र डिजिटल अर्थतन्त्रका रूपमा बुझ्ने गरिएको भए पनि अहिले यसको दायरा निकै फराकिलो भइसकेको बताउनुभयो ।

नेपालमा ‘गिग इकोनोमी’ समेत विस्तार हुँदै गएको उल्लेख गर्दै पौडेलले नयाँ पुस्ता परम्परागत पूर्णकालीन रोजगारीभन्दा आफूले गरेको कामका आधारमा पारिश्रमिक पाउने प्रणालीतर्फ आकर्षित भइरहेको बताउनुभयो ।

“अहिलेको पुस्ताले फुल टाइम जागिर खान मन पराउँदैन । जति काम गर्‍यो, त्यति लिने प्रवृत्ति बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।

डिजिटल अर्थतन्त्रको विस्तार पैसाको अभाव वा आवश्यकतासँग मात्र सम्बन्धित नरहेको भन्दै पौडेलले समाजको आर्थिक तथा सांस्कृतिक व्यवहारसमेत क्रमशः डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरण भइरहेको बताउनुभयो ।

उहाँले डिजिटल अर्थतन्त्रलाई व्यवस्थित र अनुशासित बनाउन यसको औपचारिकीकरण प्रक्रियालाई अझ प्रभावकारी बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।