११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

प्रतिनिधि सभाको शुन्य समयः ग्यास अभावदेखि विकास आयोजनामा भएको ढिलासुस्तीसम्मका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभाको शुन्य समयः ग्यास अभावदेखि विकास आयोजनामा भएको ढिलासुस्तीसम्मका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडाैँ । सांसदहरूले मुलुकको विद्यमान सुशासन, विकास निर्माणमा भएको ढिलासुस्ती, आपूर्ति व्यवस्था र समसामयिक राजनीतिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको शुन्य समयमा बैठकमा सांसद डा. अच्युतम लामिछानेले नुवाकोट र धादिङ जोड्ने सडक निर्माणमा भएको ढिलासुस्तीका कारण स्थानीय नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै निर्माण कार्य तत्काल अघि बढाउन माग गर्नुभयो । सांसद अरबिन्द शाहले बारा जिल्लाका हुलाकी सडक र अन्य महत्वपूर्ण आयोजनाहरूको भौतिक प्रगति न्यून रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । यस्तै, सांसद एलिजा गुरुङले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण र निर्माण कार्यमा भएको ढिलासुस्तीबारे प्रश्न उठाउनु भयो ।

बजारमा देखिएको एलपी ग्यासको अभाव र नागरिकले भोग्नुपरेको सास्तीबारे सांसदहरू अप्शना बानु र आशिका तामाङले धारणा राख्नुभयो । उहाँहरूले कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमनको माग गर्नुभयो । सांसद अर्जुननर्सिङ केसीले सरकारको १०० दिनको कार्यसम्पादनमाथि टिप्पणी गर्दै युवा बेरोजगारी, महँगी र किसानका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताउनु भयो ।

अन्तर्राष्ट्रिय युवा दिवसको पूर्वसन्ध्यामा सांसद अनुष्का श्रेष्ठले राज्यका विभिन्न तहमा युवाहरूको बढ्दो सहभागितालाई उत्साहजनक सङ्केतको रूपमा अथ्र्याउँदै उनीहरूको सीप र क्षमतालाई निर्णय प्रक्रियामा जोड्नुपर्नेमा जोड दिनुभयो ।

सुरक्षा र न्यायको क्षेत्रमा सांसद अभिषेकप्रताप शाहले कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शङ्कास्पद निधनको निष्पक्ष छानबिनको माग गर्नुभयो । सांसद करिश्मा कठायतले टीकापुर घटनाको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी निर्दोष थारु समुदायलाई न्याय दिन माग गर्नुभयो। यस्तै, सांसद अङ्किता ठाकुरले मधेसी समुदाय र भारतीय नागरिकमाथि सुरक्षाकर्मीबाट भएका दुव्र्यवहारका घटनाप्रति आपत्ति जनाउनु भयो ।

सार्वजनिक यातायातको सुधारका लागि सांसद आकृति अवस्थीले प्रविधिको प्रयोग र जिपिएस प्रणाली अनिवार्य गर्न सुझाव दिनुभयो । सांसद आर्यन राईले राष्ट्रिय परिचयपत्र वितरणमा देखिएका प्राविधिक समस्या समाधान गर्न माग गर्नुभयो भने सांसद ओजस्वी शेरचनले निःसन्तान दम्पतीका लागि आइभीएफ सेवालाई व्यवस्थित बनाउन स्पष्ट कानूनको आवश्यकता औंल्याउनु भयो ।

आर्थिक क्षेत्रतर्फ सांसद आशिष गजुरेलले निजी क्षेत्रको आत्मविश्वास बढाउन नीतिगत स्थिरता र लगानी सुरक्षामा जोड दिनुभयो । सांसद इन्दिरा राना मगरले स्वास्थ्य बीमा अन्तर्गतका औषधिको उपलब्धता र रेल मार्गका लागि रोक्का गरिएको जग्गाको मुआब्जाबारे कुरा उठाउनु भयो ।

सांसदहरू अमृता बिक र कामिनी कुमारीले संसदमा हुने बहस नीति र विकासमा केन्द्रित हुनुपर्ने भन्दै व्यक्तिगत पहिरन र सतही विषयमा टीकाटिप्पणी नगर्न आग्रह गर्नुभयो । सांसद कमल सुवेदीले तीनै तहका सरकारबिच समन्वयको अभावमा नागरिकले सास्ती पाएको उल्लेख गर्दै जिम्मेवारी स्पष्ट पार्न माग गर्नुभयो । यस्तै, सांसद यशोदाकुमारी बरालले कर्णालीका सडकमा दुर्घटना न्युनिकरणका लागि ब्यारियर लगाउन र प्रधानमन्त्रीका कतिपय अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो ।