११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

जेन–जी आन्दोलनमा नष्ट भएका स्रेस्ता गोश्वारा भौचरका आधारमा पुनः कायम गर्न सकिने

जेन–जी आन्दोलनमा नष्ट भएका स्रेस्ता गोश्वारा भौचरका आधारमा पुनः कायम गर्न सकिने
अ अ+ अ-

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक दीपक लामिछानेले जेन–जी आन्दोलनका क्रममा सरकारी कार्यालयका स्रेस्ता नष्ट भए पनि गोश्वारा भौचर सुरक्षित रहेकाले अधिकांश विवरण पुनः कायम गर्न सकिने बताउनुभएको छ।

जेन–जी आन्दोलनका क्रममा जलेका सरकारी स्रेस्ताका विषयमा सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै लामिछानेले विनियोजन तथा खर्चसम्बन्धी विवरण महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गरेका विभिन्न प्रणालीमा सुरक्षित रहेको जानकारी दिनुभएको हो।

उहाँका अनुसार विनियोजन र खर्चसम्बन्धी विवरणका लागि प्रयोग हुँदै आएका ट्रेजरी सिङ्गल एकाउन्ट (टीएसए) र कम्प्युटराइज्ड गभर्मेन्ट अकाउन्टिङ सिस्टम (सीजीएएस) मा गोश्वारा भौचर सुरक्षित छन्। ती विवरणका आधारमा कसले, कहिले र कति रकम खर्च गरेको तथा बैंकमार्फत कसलाई र कहिले भुक्तानी गरिएको भन्ने विवरण स्पष्ट रूपमा हेर्न सकिने उहाँले बताउनुभयो।

नष्ट भएका स्रेस्तामध्ये हाल मुख्य रूपमा खर्चसँग सम्बन्धित बिल मात्र उपलब्ध हुन नसकेको उहाँको भनाइ छ। बिलबाहेक अन्य वित्तीय विवरण प्रणालीमै सुरक्षित रहेकाले त्यसका आधारमा स्रेस्ता पुनः कायम गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो।

त्यस्तै, सरकारी कार्यालयले खरिद गरेका जिन्सी सामानको विवरणसमेत ‘पाम्स’ प्रणालीमा सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो। प्रणालीबाट सामान कहिले खरिद भयो, खरिद आदेश कहिले भयो, कहिले दाखिला भयो, कस्तो सामान कति मूल्यमा खरिद गरियो र कार्यालयमा कहिले दाखिला भयो भन्ने विवरण हेर्न सकिने उहाँले बताउनुभयो।

धरौटीतर्फ पनि महालेखा नियन्त्रक कार्यालयसँग विवरण सुरक्षित रहेको उहाँको भनाइ छ। पुराना धरौटीमध्ये स्रोत वा व्यक्ति नखुलेका रकमको हकमा सार्वजनिक सूचना जारी गरी विवरण अद्यावधिक गर्न सकिने उहाँले बताउनुभयो।

पेश्कीको विवरण पनि आर्थिक विवरण प्रमाणित भइसकेकाले फछ्र्यौट भएको, म्याद नाघेको र म्याद ननाघेको पेश्की पहिचान गर्न ठूलो समस्या नहुने उहाँले जानकारी दिनुभयो। कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गरिएको आन्तरिक लेखापरीक्षणको प्रतिवेदनबाट समेत थप विवरण प्राप्त गर्न सकिने उहाँको भनाइ छ।

तर, राजस्वको विषय भने अन्य वित्तीय कारोबारको तुलनामा जटिल रहेको लामिछानेले बताउनुभयो। कानुनअनुसार उठेको राजस्व सोही दिन वा सम्भव नभए भोलिपल्ट बैंक दाखिला गर्नुपर्ने व्यवस्था रहे पनि केही कार्यालयमा चारदेखि १० दिनसम्मको राजस्व कार्यालयमै रहेको र आन्दोलनका क्रममा नष्ट भएको विवरण प्राप्त भएको उहाँले जानकारी दिनुभयो।

यस्तो अवस्थामा राजस्वको रकमका सम्बन्धमा छुट्टै निर्णय आवश्यक पर्ने उहाँले बताउनुभयो। कानुनले सोही दिन उठेको राजस्व सोही दिन र सम्भव नभए भोलिपल्ट बैंक दाखिला गर्नुपर्ने व्यवस्था गरेकाले त्यसलाई आधार बनाएर नष्ट भएको राजस्वको विवरण टुङ्गो लगाउन उपयुक्त हुने उहाँको भनाइ छ।

लामिछानेले नष्ट भएका स्रेस्तालाई उपलब्ध प्रणालीगत विवरणसँग अद्यावधिक गरेर पुनः विवरण तयार पार्न सके धेरैजसो विषयको टुङ्गो लगाउन सहज हुने बताउनुभयो।