११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई

सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई
अ अ+ अ-

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले देशमा नागरिक मात्र नभई जनप्रतिनिधिसमेत सुरक्षित नरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाउँदै विगत साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि उहाँ त्यसबाट पन्छिँदै आएको आरोप लगाउनुभयो ।

राईले देशका विभिन्न भागमा धार्मिक तथा साम्प्रदायिक नाममा भइरहेका झगडा, आगजनी, तोडफोड र धम्कीका घटनाप्रति चिन्ता व्यक्त गर्नुभयो । यस्ता घटनामा संलग्न व्यक्तिविरुद्ध उजुरी पर्दासमेत प्रभावकारी कारबाही हुन नसक्नुले सरकारको कमजोरी देखिएको उहाँको भनाइ छ ।

‘हामी देशमै छौँ, तर कस्तो देशमा छौँ भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने अवस्था आएको छ । नागरिक सुरक्षित छैनन्, न्यायमा पहुँच छैन, सेवा–सुविधा र अवसर छैन,’ उहाँले भन्नुभयो, ‘राज्यको पहिलो दायित्व नागरिकलाई सुरक्षा दिनु हो । धर्म, जात वा अन्य विषयका नाममा आगजनी, तोडफोड र धम्की भइरहेका छन् । यस्ता गतिविधिमा संलग्नलाई राजनीतिक आस्था नहेरी कडा कारबाही गर्नुपर्छ ।’

उहाँले तराई–मधेसलगायत विभिन्न क्षेत्रमा असुरक्षित महसुस गरिरहेका नागरिकलाई सरकारले सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताउनुभयो । न्यायका लागि महिनौँदेखि माइतीघरमा नागरिकहरू आन्दोलनमा बसिरहेको उल्लेख गर्दै उहाँले मन्त्रीहरू वातानुकूलित कोठामा बसेर जनताको वास्तविक समस्या बुझ्न नसक्ने टिप्पणी गर्नुभयो ।

‘खेतमा, कारखानामा, सडकमा र आन्दोलनरत नागरिकबीच पुगेर उनीहरूको पीडा बुझ्नुपर्छ,’ राईले भन्नुभयो । ग्यासका लागि नागरिकले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले सरकार जनताको दैनिक समस्याप्रति संवेदनशील बन्न नसकेको आरोप लगाउनुभयो ।

वैदेशिक रोजगारीका नाममा युवाहरू ठगिने क्रम बढेको तथा रोजगारीका लागि ठूलो संख्यामा युवा विदेशिन बाध्य भएको भन्दै राईले सरकारले ठगी गर्नेहरूमाथि प्रभावकारी कारबाही गर्न नसकेको बताउनुभयो । विमानस्थलमा विदेश जाने युवाको लाम देखिनुले मुलुकमा रोजगारी र अवसरको चरम अभाव देखाएको उहाँको भनाइ थियो ।

‘ठगी गर्नेहरूलाई कारबाही गर्न सरकारलाई कसले रोकेको हो ? सरकारसँग हाम्रो माग स्पष्ट छ–आश्वासन होइन, एक्सन चाहिन्छ,’ उहाँले भन्नुभयो ।

यस्तै, पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुम्बासी तथा वास्तविक भूमिहीन नागरिकले अझै धनीपुर्जा पाउन नसकेको विषयमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । भूमि सुधार मन्त्रालयले आलटाल गरिरहेको आरोप लगाउँदै उहाँले स्थानीय तह वा अन्य निकायलाई दोष दिएर समस्या समाधान नहुने बताउनुभयो । संघीय सरकारले समन्वय गरी भूमिहीनको समस्या समाधान गर्नुपर्ने उहाँको माग थियो ।

प्रधानमन्त्रीलाई संसद्सँग संवाद गर्न र जनताको बीचमा जान आग्रह गर्दै राईले नैतिक तथा पदीय जिम्मेवारी पूरा गर्नसमेत आग्रह गर्नुभयो । ‘देशलाई अहिले भाषण र आश्वासनभन्दा सुरक्षा, न्याय, सेवा, अवसर र ठोस कार्य चाहिएको छ । सरकार बलियो हुनुपर्छ, तर त्यो शक्ति जनताको पक्षमा प्रयोग हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

खेलकुद क्षेत्रको उपेक्षाप्रति पनि राईले सरकारको ध्यानाकर्षण गराउनुभयो । चीनमा आयोजित प्रतियोगिताका क्रममा घाइते भएका खेलाडी आशिष राईको उपचारमा राज्यले सहयोग नगरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नेपाली खेलाडी विदेशमा अलपत्र पर्ने तथा उपचार नपाएर दुःख भोग्नुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने उहाँको माग थियो ।